२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

महिलाको मृत्यु पछी आफन्तहरु आक्रोशित किस्ट शिक्षण अस्पताल तनावग्रस्त प्रहरीद्वारा अश्रुग्याँस

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १०, २०८२

काठमाडौं । किस्ट शिक्षण अस्पताल तनावग्रस्त छ। बिरामीको मृत्युलाई लिएर आफन्तहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव सिर्जना भएको हो।

मृतकका आफन्त तोडफोडमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले बल प्रयोग गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ।
अहिले अस्पतालको सबैतिर प्रहरीले घेरा हालेको छ।

कात्तिक ७ गतेको घटनालाई लिएर उनका आफन्तले आन्दोलन गरेका हुन्। उनीहरुले अस्पतालको लापर्वाहीले गर्भवतीको ज्यान गएको आरोप लगाएका छन्।

आक्रोशित आफन्तहरूले आइतबार पनि अस्पतालमा सामान्य तोडफोडसमेत गरेका थिए। अस्पतालले भने उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!