पाल्पा । आज एक कार्यक्रमका विच नेपालीलाई विदाई गरिएको हो । गत असोज २८ गतेको सरुवा अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तालीम शाखा तुलसीपुरमा सरुवा भएपछि नेपालीको विदाई तथा सरुवा भई आएका लाल बहादुर सुनारलाई स्वागत गरिएको हो । प्रहरी निरीक्षक सुनार सहित प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गर्दै नँया कार्यस्थानमा सफल कार्यकालको शुभकामना दिदै विदाई गरेका थिए ।
२०८१ साल भदौ ३१ गते देखि कार्यालय प्रमुखमा जिम्मेवारी सम्हालेका नेपालीले गुण्डागर्दी,चोरी निकासी नियन्त्रण तथा अपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । प्रहरी निरीक्षक नेपालीले पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिप्रका पाल्पाले गत पुष महिनामा ‘महिनाको उत्कृष्ट घोषणा गर्दै पुरस्कृत समेत गरेको थियो ।
विदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक नेपालीले १३ महिना १० दिनको अवधिमा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका थिए । यस अघि विभिन्न संघ संस्थाले समेत मायाको चिनो प्रदान गर्दै विदाई गरेका थिए ।