२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेनजी आन्दोलनमा प्रहरी जवान हत्या आरोपमा थप २ जना पक्राउ प्रहरीले १२ जनालाई पक्राउ गरिसक्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् ।

सिसिटिभी फुटेजको आधारमा श्रेष्ठ र तामाङलाई थापामाथि कुटपिट गरेको तथा प्रहरी बृत्त महाराजगञ्जमा ढुङगामुढा र आगजनि गरेको आरोपमा पक्राउ गरेको हो ।उनीहरु दुबैलाई प्रहरीले सुकेधारा क्षेत्रबाट सोमबार साँझ नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।६ जनामाथि अनुसन्धान जारी छ भने अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् । समग्रमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ।सबै लाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]