२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जेनजी आन्दोलन नाममा अदालतमा आगजनी तथा तोडफोड गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिने निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनी भएको थियो ।

सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो ।

आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।

अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक सबै काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि ध्वस्त भएको छ ।

त्यस्ते जिल्ला अदालत काठमाडौं, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]