२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेनजी आन्दोलनमा क्षति पु¥याइएको प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीको भवन पुनःनिर्माण गरी हस्तान्तरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध रु ४९ लाख ५४ हजार ६८ को सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको हो ।

पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताउनुभयो । उहाँले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुनःनिर्माण गरी सहयोग पु¥याउने स्थानीयको प्रयासको प्रशंसा गर्नुभयो ।

“अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियोे र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दुःखद् भएको उल्लेख गर्दै क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दुःखद् घटनाबाट विस्थापित भएको प्रहरी प्रभावलाई पुनःस्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमुल्य पुन्य काम गरेको बताउनुभयो ।

आन्दोलनमा पुल्चोक र हरिसिद्धिबाट केही थान हतियारसमेत लुटिएको र सोही हतियार अझैसम्म पनि बरामद हुन नसकेको अवस्था रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशी जानकारी गराउनुभयो । आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियोे ।

भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत रहेका प्रहरीका लत्ताकपडा लुटिएकाले नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको प्रभागका प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, २२ का अध्यक्ष सागर तुलाधर, वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री र प्रगति युवा क्लवका साथै स्थानीय विशिष्ठ व्यक्तित्वको सहयोग, समन्वय तथा सहकार्यले छिटोछरितो रूपमा पुनःनिर्माणको कार्यसम्पादन हुन सकेको प्रहरी निरीक्षक शर्माले जानकारी गराउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]