२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले सडकहरू अवरुद्ध सडक पन्छाउदै सुरक्षाकर्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले पदमार्ग र सडकहरू अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलले उद्धार तथा सहजीकरण कार्य सुरु गरेको छ।

सशस्त्र प्रहरीले अवरुद्ध बाटो पन्छाउनुका साथै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मुस्ताङको लोमाङथाङ गाउँपालिका–५, नेचुङस्थित उपल्लो मुस्ताङमा खटिएको बोर्डर आउट पोस्ट (बीओपी) को टोलीले कोरला नाका जाने बाटोमा जमेको हिउँ पन्छाएको छ।

टोलीले पर्यटकहरूलाई सुरक्षित यात्रा गर्न र थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउनसमेत अनुरोध गरेको छ।

त्यस्तै, मनाङको डिस्याङ गाउँपालिका–४, हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ पनि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गुल्मको टोलीले हटाएको छ। उक्त टोलीले यात्रुहरूलाई मौसमको प्रतिकुलताबारे सचेत रहन आग्रह गरेको छ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण पदमार्गमा पदयात्रीहरूको सुरक्षा र सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस नारच्याङबाट विशेष टोली खटाइएको छ।

उक्त टोली अन्नपूर्ण गाउँपालिका–४, हुमखोला भन्दा माथिल्लो क्षेत्रसम्म पुगेर पदयात्रीको अवस्थाबारे जानकारी लिइरहेको छ।

डीएसपी थापाले हिमाली क्षेत्रमा यात्रा गर्ने सबैलाई मौसमको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]