१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले सडकहरू अवरुद्ध सडक पन्छाउदै सुरक्षाकर्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले पदमार्ग र सडकहरू अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलले उद्धार तथा सहजीकरण कार्य सुरु गरेको छ।

सशस्त्र प्रहरीले अवरुद्ध बाटो पन्छाउनुका साथै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मुस्ताङको लोमाङथाङ गाउँपालिका–५, नेचुङस्थित उपल्लो मुस्ताङमा खटिएको बोर्डर आउट पोस्ट (बीओपी) को टोलीले कोरला नाका जाने बाटोमा जमेको हिउँ पन्छाएको छ।

टोलीले पर्यटकहरूलाई सुरक्षित यात्रा गर्न र थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउनसमेत अनुरोध गरेको छ।

त्यस्तै, मनाङको डिस्याङ गाउँपालिका–४, हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ पनि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गुल्मको टोलीले हटाएको छ। उक्त टोलीले यात्रुहरूलाई मौसमको प्रतिकुलताबारे सचेत रहन आग्रह गरेको छ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण पदमार्गमा पदयात्रीहरूको सुरक्षा र सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस नारच्याङबाट विशेष टोली खटाइएको छ।

उक्त टोली अन्नपूर्ण गाउँपालिका–४, हुमखोला भन्दा माथिल्लो क्षेत्रसम्म पुगेर पदयात्रीको अवस्थाबारे जानकारी लिइरहेको छ।

डीएसपी थापाले हिमाली क्षेत्रमा यात्रा गर्ने सबैलाई मौसमको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!