१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीद्वारा दाङको देउखुरीबाट १४ थान अबैध सालको काठसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

 

दाङ । राप्‍ती गाउँपालीका वडा नम्बर १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् ।

गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्‍ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेदेखि पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याईएको अन्दाजी ४८ हजार ५ सय ८७ रुपैयाँ बराबरको काठ खरिद गरी ल्याउने क्रममा १४ थान (३८.८७ क्युफिट ) सालको चिरान काठ बरामद गरि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङमा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!