१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

दाङ प्रहरीद्वारा दाङको देउखुरीबाट १४ थान अबैध सालको काठसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

 

दाङ । राप्‍ती गाउँपालीका वडा नम्बर १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् ।

गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्‍ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेदेखि पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याईएको अन्दाजी ४८ हजार ५ सय ८७ रुपैयाँ बराबरको काठ खरिद गरी ल्याउने क्रममा १४ थान (३८.८७ क्युफिट ) सालको चिरान काठ बरामद गरि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङमा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!