२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी प्रति नागरिकहरुको ठूलो आस्था र भरोसा छ : आईजीपी चन्द्रकुवेर खापुङ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी प्रति नागरिकको ठूलो आस्था र भरोसा रहेको बताएका छन् ।मंगलबार नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी खापुङले उक्त आस्थालाई जीवन्त राख्न प्रहरी संगठनले निरन्तर आत्ममूल्यांकन र सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

‘नेपाल प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा छ,’ उनले भने, ‘त्यो भरोसालाई जीवन्त राख्न विगतका कमी कमजोरीको समीक्षा गर्दै शिष्ट आचरण र जिम्मेवार व्यवहारका साथ उत्कृष्ट सेवा दिनु आवश्यक छ ।’
उनले प्रहरी संगठन हरेक विपत्ति, दुर्घटना वा असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही जनसेवा गर्ने संस्थाका रूपमा स्थापित भएकाले प्रहरीप्रति जनताको विश्वास स्वाभाविक रहेको बताए ।
नवनिर्मित भवनले प्रहरीमा उच्च मनोबल र परिष्कृत सेवाभाव जगाउने विश्वास व्यक्त गर्दै आईजीपी खापुङले भने, ‘प्रहरीको सेवा अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने हाम्रो लक्ष्य हो । यसले प्रहरी–नागरिक सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउनेछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।