१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड आगजनी तथा लुटपाटमा संलग्न १८ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । कास्की प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हालसम्म १८ जनालाई पक्राउ गरिएको जनाएको हो । पक्राउ परेकामध्ये १० जनालाई जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरि बस्नेतले जानकारी दिए । ती १० जना कास्की प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न हुनेहरु छन् ।

उनकाअनुसार पक्राउ परेका ८ जना धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा गई प्रहरीको पोषाक दुरुपयोग गर्ने र हुलहुज्जत गर्ने रहेको डिएसपी बस्नेतले उल्लेख गरे । उनीहरुमध्ये ६ जना २ हजार र अन्य २ जना ३ हजार धरौटामा रिहा भएका हुन् ।

जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ७७३ कैदीबन्दीमध्ये हालसम्म ५२० जना पक्राउ परेका छन् । बालसुधार गृहबाट भागेका १५ जना, कास्की प्रहरीको थुनामा रहेका ५८ जना, वडा प्रहरी कार्यालय बगरको थुनामा रहेका ११ जना र वडा प्रहरी कार्यालय बैदामको थुनामा रहेका ७ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!