१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

१४ वर्षदेखि अधुरो कमला पूल,काठे पूलमात्र सहारा पुल आरपार गर्न रु १०० तिर्नुपर्ने बाध्य,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

जनकपुरधाम । कमला नदीमा २०६८ सालमा सुरु भएको पक्की पुल १४ वर्षपछि पनि अधुरो छ । तीन वर्षमै सम्पन्न गर्ने भनिएको पुल समयमै नबन्दा धनुषा र सिरहाका हजारौं बासिन्दा हरेक वर्ष वर्षायाममा ठूलो कठिनाइमा पर्दै आएका छन् । नदी पार गर्न अहिले सहारा काठे पूल बनेको छ । पानी बढ्दा डुङ्गा चढ्न पनि जोखिमपूर्ण हुने भएकाले स्थानीयहरू भय र बाध्यताबीच आवतजावत गर्न विवश छन् ।

धनुषा र सिरहाका दैनिक गाईवस्तुलाई घाँसपातका लागि नदीपार लैजाने गर्छन् । बर्खामा नदी उफ्रँदा उनी हरेकपटक डरले डुङ्गामा चढ्छन् । “पानी बढेपछि डुङ्गा चढ्न डर लाग्छ, तर विकल्प छैन,” स्थानिय भन्छन् । वर्षायामबाहेक अरु बेला प्रयोग हुने काठको सानो पुल यस वर्ष बाढीले बगाएको छ । अब नदीपार गर्न काठे पूल प्रयोग गर्नुपर्छ । काठे पूल प्रयोग गर्ने प्रतिमोटरसाइकललाई रु १०० लिईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!