१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काठमाडौं उपत्यकाबाट प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा ५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।​ पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका ६ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका ५ स्थित तीनधारेमा डेरा कोठा बस्ने २८ वर्षीय राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर र रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुरको चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक छन् ।

यसैगरी, बागलुङको गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एन्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारका २२ वर्षीय छोरा दीपेश रसाइलीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने मगर मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने व्यक्ति हुन् ।यस्तै, विक लुटिएको सिक्री बिक्री गर्ने व्यक्ति हुन् भने गोविन्द सुनार र दीपेश रसाइली लुटिएको समान किन्ने व्यक्ति हुन् ।उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

उनीहरूको साथबाट प्रहरीले चोरीका क्रममा प्रयोग गरिएको मोटरसाइकल, लुटपाट गरिएका सुनका गहना, नगद समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!