२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रास्वपा सभापति रवि लामिछानेसँग ५० दिनपछि आज बुधबार नख्खु कारागारमा भेट भलाकुसारी

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक १२, २०८२

काठमाडौं । उहाँले भेट्न खाेजेकाे र मैले पनि चाहेकाे दिन एकै परेछ, आज। ‘क्या संयाेग’ भनेर हाँस्दै कुराकानी थालेकाे ‘ल त्यसै गराैं’ भनेर छुट्दा डेढ घण्टा बितेछ।

‘रवि दाइबारे अपडेट खै?’ भनेर निरन्तर साेध्नु हुने शुभचिन्तकलाई उहाँ पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी हुनुहुन्छ भन्ने जानकारी। अनि, राजनीतिक चासाे लिने/हुनेलाई अवगत गराइदिनु भन्दै उहाँले प्रष्टरुपमा चार बुँदा भन्नुभएकाे छ।

(१) अघिल्लाे सरकारले राजनीतिक प्रतिशाेधका आधारमा मविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खाेजिरहेकाे छु, ‘फेवर’ हाेइन। हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला!

(२) पछिल्लाे जनमतका आधारमा चाैथाे शक्ति हुनुकाे नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।

(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक पराेस् भन्ने ठान्छन्। तर, संयाेग दाेहाेरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश/लाेभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!

(४) रास्वपालाई मुलुककाे नेतृत्व गर्ने दल बनाउनु छ। त्याे क्षणिक लाभ-हानी साेचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरकाे शक्ति बनाउने दृढतामा कमजाेर हुन्न, मेहनत र समय कति लाग्छ त्याे ठूलाे कुरा हाेइन।
श्रोत प्रमोद न्यौपानेको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]