१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

हिमपहिरो खस्ने क्रम जारी अन्नपूर्ण पदमार्ग मनाङको पदयात्रा एक हप्ताको लागि बन्द,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८२

मनाङ् । लगातारको हिमपात र त्यसपछि पनि कायम रहेको हिमपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रामा अस्थायी प्रतिबन्ध लगाएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपात रोकिए पनि पहिरो खस्ने जोखिम अझै उच्च भएकाले सुरक्षाको दृष्टिले आगामी एक सातासम्म पदयात्रा नगर्न आग्रह गरिएको हो।

‘सोमबार रातिदेखिको हिमपातले बाटो पूर्ण अवरुद्ध भएको थियो। डोजर प्रयोग गरेर हिउँ पन्छ्याएपछि सडक त खुलाइएको छ, तर खाङसारभन्दा माथिल्लो क्षेत्रसम्मको पदमार्ग अझै सुरक्षित छैन,’ पौड्यालले भने।

उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका हिउँले ढाकिएका बाटोहरू क्रमशः खुल्दै गएका छन् तर पदयात्रा मार्गमा हिँड्ने अवस्था अझ बनेको छैन।

हिमपातका कारण करिब १,५०० आन्तरिक तथा बाह्य पर्यटकलाई मंगलबार उद्धार गरिएको थियो। तीमध्ये करिब २०० जना विदेशी पर्यटक रहेका थिए। यस्तै, तिलिचो आधारशिविरतर्फ गएका करिब ४०० पर्यटक हिमपात र जोखिमका कारण फर्किन बाध्य भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!