२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता बर्दिया जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्वासे

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक १३, २०८२

बर्दिया । गुलरिया भर्खरै सरुवा भएर ट्राफिक प्रमुखका रुपमा आएका ट्राफिक प्रहरी निरीक्षक सन्दिप बेल्बासेले सडकमा हुने सवारी दुर्घटना न्युनिकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बेल्बासेले बुधबार पत्रकारसंगको भेटघाटमा यस्तो बताएका हुन् ।

जिल्लामा भईरहेको सवारी दुर्घटना न्युनिकरण गर्न व्यवस्थित चेकजाँचसहित सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम प्राथमिकतामा राखेर अघि बढ्ने ट्राफिक प्रमुख बेल्बासेले बताए । ‘सडक, सवारी साधनको अवस्था, मापसे वा ओभर स्पिडको कारणले दुर्घटना भएको हुन सक्छ,’प्रमुख बेल्बासेले भने,‘भर्खरै ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेको छु, दुर्घटनाको तथ्यांक अध्ययन गर्नेछु र दुर्घटना कुन क्षेत्रमा कुन समयमा बढी भईरहेको छ, त्यसको आधारमा कार्ययोजना बनाएर अघि बढ्नेछु ।’ ‘यस कार्यमा सबैको साथ सहयोगको अपेक्षा गरेको छु,’उनले भने ।

ठाउँ ठाउँमा अव्यवस्थित रुपमा ट्राफिक प्रहरीले चेकिङ्ग गरेको व्यापक गुनासो आईरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ,त्यसतर्फ ध्यान दिन जरुरी छ’अध्यक्ष घिमिरेले भने,‘यस्तै सवारी दुर्घटना न्युनिकरणको सम्बन्धमा नेपाल पत्रकार महासंघ ट्राफिक प्रहरीसंग निरन्तर समन्वय र सहकार्य गर्नेछ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा ७३ वटा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १६ शख्त र ६६ जना सामान्य घाईते भएको देखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन मध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको ट्राफिक प्रहरीको रेकर्डले देखाएको छ । भदौमा ८२ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४८ शख्त र ४७ जना सामान्य घाईते भएका छन् । यस्तै असोजमा १ सय ५१ सवारी साधन दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ८५ शख्त र ८४ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।