१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता बर्दिया जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्वासे

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक १३, २०८२

बर्दिया । गुलरिया भर्खरै सरुवा भएर ट्राफिक प्रमुखका रुपमा आएका ट्राफिक प्रहरी निरीक्षक सन्दिप बेल्बासेले सडकमा हुने सवारी दुर्घटना न्युनिकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बेल्बासेले बुधबार पत्रकारसंगको भेटघाटमा यस्तो बताएका हुन् ।

जिल्लामा भईरहेको सवारी दुर्घटना न्युनिकरण गर्न व्यवस्थित चेकजाँचसहित सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम प्राथमिकतामा राखेर अघि बढ्ने ट्राफिक प्रमुख बेल्बासेले बताए । ‘सडक, सवारी साधनको अवस्था, मापसे वा ओभर स्पिडको कारणले दुर्घटना भएको हुन सक्छ,’प्रमुख बेल्बासेले भने,‘भर्खरै ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेको छु, दुर्घटनाको तथ्यांक अध्ययन गर्नेछु र दुर्घटना कुन क्षेत्रमा कुन समयमा बढी भईरहेको छ, त्यसको आधारमा कार्ययोजना बनाएर अघि बढ्नेछु ।’ ‘यस कार्यमा सबैको साथ सहयोगको अपेक्षा गरेको छु,’उनले भने ।

ठाउँ ठाउँमा अव्यवस्थित रुपमा ट्राफिक प्रहरीले चेकिङ्ग गरेको व्यापक गुनासो आईरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ,त्यसतर्फ ध्यान दिन जरुरी छ’अध्यक्ष घिमिरेले भने,‘यस्तै सवारी दुर्घटना न्युनिकरणको सम्बन्धमा नेपाल पत्रकार महासंघ ट्राफिक प्रहरीसंग निरन्तर समन्वय र सहकार्य गर्नेछ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा ७३ वटा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १६ शख्त र ६६ जना सामान्य घाईते भएको देखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन मध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको ट्राफिक प्रहरीको रेकर्डले देखाएको छ । भदौमा ८२ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४८ शख्त र ४७ जना सामान्य घाईते भएका छन् । यस्तै असोजमा १ सय ५१ सवारी साधन दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ८५ शख्त र ८४ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!