१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

बेलायतमा क्यान्सरसंग लड्न महिला र पुलिस मिलेर किन बनाए ब्राको पहाड ?

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, कार्तिक १३, २०८२

काठमाडौं । बेलायत विश्वमा स्तन क्यान्सरको समस्या दिनानुदिन बढिरहेको छ । यो एउटा यस्तो रोग हो जसमा स्तन कोशिकाहरु अनियन्त्रित रुपमा बढेर ट्युमरको रुप लिन्छन् । यदि त्यसमा ध्यान नदिएमा सरीरभर ट्युमर फैलिने र त्यो प्राणघातक हुनसक्छ ।

सन् २०२२ सम्म विश्वभर करीब २३ लाख महिलामा स्तन क्यान्सर पाइएको थियो र ६ लाख ७० हजार महिलाको स्तन क्यान्सरकै कारण मृत्यु भयो । त्यस्तो खतरनाक स्तन क्यान्सरप्रति सावधानी अपनाउन तथा जनचेतना वृद्धि गर्नका लागि बेलायतको विल्टशायरमा एउटा अनौठो अभियान सुरु भएको छ ।

उक्त अभियानमा प्रहरी र एक पसलका मालिकले मिलेर हजारौंवटा पुराना ब्रा जम्मा गरी स्तन क्यान्सरसँग लड्नका लागि रकम जम्मा गरेका छन् । मानिसहरुले यो अभियानलाई ब्राको पहाड नाम दिएका छन् ।

यसको सुरुवात एमिली डेभिडेजले गरेकी थिइन् । एमिलीले महिलाका अन्तरवस्त्रको एक पसल चलाउँछिन् । स्तन क्यान्सरको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै उनले अगेन्स्ट ब्रेस्ट क्यान्सर नामक च्यारिटीका लागि ब्रा संकलन गर्न सुरु गरिन् । एमिली स्वयं पनि स्तन क्यान्सरबाट पीडित छिन् ।

उक्त अभियानमा एमिलीलाई प्रहरीले पनि साथ दियो ।

वास्तवमा विल्टशायर प्रहरीकी एक अधिकारी जर्जिना डाहल आफ्नो ब्रा को फिटिंगका लागि एमिलीको ब्रा पसलमा पुगेकी थिइन् । त्यहाँ एमिलीको कहानी सुनेपछि डाहल यतिधेरै प्रभावित भइन् कि उक्त अभियानमा आफू पनि सहभागी हुने निधो गरिन् ।

त्यसपछि उनले आफ्नो प्रहरी कार्यालय बाहिर संकलन बाकस राखिन् र आफ्नै सबै साथी तथा स्थानीयलाई उनीहरुले प्रयोग गरेका सबै पुराना ब्राहरू ल्याएर सोही बाकसमा दान गर्न अनुरोध गरिन् । विस्तारै उक्त अभियान यति व्यापक बन्यो कि ब्राको थुप्रो साँच्चीकै एउटा पहाड जस्तै बन्यो ।

अहिले मानिसहरुले आफ्ना घरघरबाट पुराना तथा नयाँ ब्राहरू ल्याएर त्यहाँ दान गरिरहेका छन् । ती ब्रालाई अगेन्स्ट ब्रेस्ट क्यान्सर च्यारिटीका माध्यमबाट क्यान्सर अनुसन्धानका लागि कोषमा परिणत गरिन्छ ।

बीबीसीका अनुसार त्यसरी संकलित एक टन ब्रा बाट करिब ७ सय पाउण्ड स्ट्रलिंग रकम जुटाइन्छ र त्यो रकमलाई क्यान्सर अनुसन्धानमा खर्च गरिन्छ ।

साथै ती ब्रालाई विकाशशील देशका महिलाहरुका सहकारीहरुलाई समेत प्रदान गरिन्छ  ताकि उनीहरुले त्यसलाई पुन: प्रयोग गर्न सकून् तथा रोजगारी पनि पाउन सकुन् ।

एमिली भन्छिन् – विल्टशायर पुलिस तथा आम मानिसहरुको सहयोगलाई देखेर मेरो हृदय प्रफुल्लित भएको छ । हरेक सात जनामा एकजना महिलालाई स्तन क्यान्सर हुन्छ ।
त्यसैले यसको शीघ्र पहिचान र उपचारका लागि अनुसन्धानमा सहयोग गर्नु निकै आवश्यक छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!