काठमाडौं । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका-१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।
उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरी भएको थियो ।