२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीद्वारा एक महिनाको अवधिमा मात्रै ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा पेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १४, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। असोज १६ गतेदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानबाट ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सबैलाई कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त अवधिमा पक्राउ परेकामध्येबाट ९० हजार ७७० बराबरको जरिवाना असुल गरिएको र १५ वर्ष ४ महिना २० दिनको कैद सजाय कार्यान्वयन गरिएको जानकारी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता चक्रबहादुर शाहले दिएका छन्।

उनका अनुसार फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी टोलीहरूलाई नियमित सूचना संकलन, अनुगमन र अपरेसनमा खटाइएको थियो। कानूनी शासनको सुदृढीकरण, अपराध नियन्त्रण र सर्वसाधारणमा न्यायप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पु¥याएको प्रवक्ता शाहको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]