१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीद्वारा एक महिनाको अवधिमा मात्रै ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा पेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १४, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। असोज १६ गतेदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानबाट ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सबैलाई कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त अवधिमा पक्राउ परेकामध्येबाट ९० हजार ७७० बराबरको जरिवाना असुल गरिएको र १५ वर्ष ४ महिना २० दिनको कैद सजाय कार्यान्वयन गरिएको जानकारी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता चक्रबहादुर शाहले दिएका छन्।

उनका अनुसार फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी टोलीहरूलाई नियमित सूचना संकलन, अनुगमन र अपरेसनमा खटाइएको थियो। कानूनी शासनको सुदृढीकरण, अपराध नियन्त्रण र सर्वसाधारणमा न्यायप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पु¥याएको प्रवक्ता शाहको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!