१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रधानमन्त्री कार्कीले अब थपिने मन्त्री जेनजीबाट हुने भए पनि उनीहरुबीच नै सहमति नभएको प्रष्ट परिन्

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको बताएकी छन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको बताइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई थाहा नभएको स्वीकार गरिन् । प्रधानमन्त्रीका अनुसार अहिलेसम्म जेनजीका २० देखि २५ समूहसँग सरकारले संवाद गरेको छ ।

जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् ।

भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरित अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार जेनजीका विभिन्न समूहले अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी,अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारिरहेका छन् ।

प्रधानमन्त्रीले भनिन्, ‘जेनजी कति छन् भन्ने पनि थाहा छैन । २०,२५ समूह आइसकेका छन् । अनेक माग थपेर हैरान छ । नौलो नौलो कुराहरू ल्याएका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो अर्कोले आएर यो हुँदैन भनेर काट्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको बताएकी छन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको बताइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई थाहा नभएको स्वीकार गरिन् । प्रधानमन्त्रीका अनुसार अहिलेसम्म जेनजीका २० देखि २५ समूहसँग सरकारले संवाद गरेको छ ।

जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् ।

भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरित अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार जेनजीका विभिन्न समूहले अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी,अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारिरहेका छन् ।

प्रधानमन्त्रीले भनिन्, ‘जेनजी कति छन् भन्ने पनि थाहा छैन । २०,२५ समूह आइसकेका छन् । अनेक माग थपेर हैरान छ । नौलो नौलो कुराहरू ल्याएका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो अर्कोले आएर यो हुँदैन भनेर काट्छ ।’

प्रधानमन्त्री कार्कीले अब थपिने मन्त्री जेनजीबाट हुने भए पनि उनीहरुबीच नै सहमति नभएको प्रष्ट पारेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!