दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले प्रहरी वरिष्ठ नायब निरीक्षक (स.ना.नि) मिलन श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवापछि दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ।
गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबारको पत्रानुसार गृह मन्त्रालयको निर्णयअनुसार मिति २०८२।०७।१५ गतेबाट लागु हुनेगरी श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवा गरिएको हो। हाल उहाँ जिल्ला प्रहरी कार्यालय दाङअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत हुनुहुन्छ।
दर्ज्यानी चिन्ह प्रदान गर्दै एसपी श्रेष्ठले बढुवा पाउनु गौरव र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै अनुशासन, इमानदारी र सेवाभावसहित कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभएको छ।