१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

आन्दोलनको क्रममा आगजनीबाट पूर्ण क्षति भएको जिल्ला अदालत बाँकेले आफ्नो सेवा सञ्चालन गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

बाँके । जेनजी आगजनीका कारण पूर्ण रूपमा जलेको अदालतले दुई/तीन कोठाबाट अहिले सेवा सञ्चालन गरिरहेको हो ।

स्राेतसाधन अभावले अदालत पूर्ण रूपमा सञ्चालन हुन नसकेको सूचना अधिकारी तीर्थराज आचार्यले जानकारी दिए । ‘अदालतका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सम्पूर्ण उपकरण जलेपछि काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘प्राविधिक टोली आएर अध्ययन गरिसकेपछि कहाँबाट कसरी सेवा सुचारु गर्ने भन्ने विषयमा निर्णय लिन सकिनेछ ।’

अदालतमा अहिले ७ सय ७० वटा मुद्दाका मिसिल मात्र सुरक्षित रहेको उनले बताए । अदालतमा दुई/तीन वटा इजलास कक्ष पालैपालो सञ्चालनमा ल्याइएको उनले सुनाए ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!