काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध कडा आलोचना गरेका छन् ।
थापाले मेयरले सामाजिक सञ्जालमा लेखेका एक स्टाट्सको स्क्रीनसट पोष्ट गर्दै मेयरप्रति आक्रोश प्रकट गरेका हुन् र त्यसलाई देशद्रोह र अपराधिक जिम्मेवारी नलिने कार्य भनेका छन् ।
थापाले आफ्नो पोस्टमा मेयरलाई लक्षित गर्दै लेखेका छन् ’गाँजा तानेर लुसिफर (दलालरशैतान) बेहोसीमा पागल भएर लेखेको‘ गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही हुन्।’
थापाले मेयरको सो स्टाटसमा प्रयोग भएका भाषा र त्यहाँ उल्लेख गरेका विषयवस्तु (छिमेकी देश चीन र भारत तथा अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम) लाई अप्ठ्यारो र अनौचित्यपूर्ण ठहर गर्दै सार्वजनिक स्थलमा यस्तो व्यवहार अस्वीकार्य भएको टिप्पणी गरेका छन्। उनले मेयरका समर्थकहरू र काठमाडौंलाई बालेनको नामबाट चिनाउनेहरूप्रति लाज व्यक्त गरेका छन्।
मेयर बालेनले पछि नै सञ्जालबाट स्टाटस हटाइसकेको जानकारी पनि थापाले गराए ।
थापाको फेसबुक पोष्टमा समावेश केही आरोपहरूमा सिंहदरबारसँग सम्बन्धित ऐतिहासिक र राजनीतिक भएपछि उठेका आरोपहरू पनि देखिन्छन् । थापाले ती आरोपहरूलाई देश र जनताको हितविपरीतको गतिविधि ठहर गर्दै दोषीहरूतिर कडा कारबाहीको माग गरेका छन्।