२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाउन्ने सडक खण्डमा सवारीसाधनको लामो जाम भएपछि यात्रुहरू सडकमै अलपत्र बाटो खुलाउने प्रयास,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक १६, २०८२

नवलपरासी । पुर्व पश्चिम् राजमार्ग सडक खण्ड दाउन्नेमा लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन लागेको हो।

पानी परेसँगै बाटो चिप्लो बनेको र केही सवारीसाधन बिग्रिएर सडकमै रोकिएपछि राजमार्गमा आवागमन सुचारु गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। एक जना कार चालकका अनुसार, उनी हिजो बेलुका दाउन्ने पुगेका थिए तर जामका कारण रातभर सडकमै अड्किएर आज बिहान मात्रै दुम्किबास आइपुगेका हुन्। उनका अनुसार, थुप्रै यात्रुहरू रातभर सडकमै बस्न बाध्य भएका छन्।

अरुणखोला र चोरमारातर्फको जंगल क्षेत्रमा करिब ४०० सवारीसाधन रोकिएका छन्। स्थानीयहरूका अनुसार, दाउन्ने खण्डमा सयौँ ट्रक, बस र निजी गाडी लामबद्ध रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार, दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बस बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो। “दाउन्ने खण्डमा सवारीसाधनको अत्यधिक चाप छ,” निरीक्षक खड्काले भने, “पानी परेकाले बाटो चिप्लो छ, जसका कारण हिजोदेखि नै समस्या थपिएको छ।”

हाल प्रहरीले बिग्रिएका सवारीसाधन हटाउने र ट्राफिक सहज बनाउन प्रयास जारी राखेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।