१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

ईलाका प्रहरी कार्यालय खरानीटारमा नयाँ प्रहरी प्रमुख लोकराज पाठकले कार्यभार सम्हाले

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक १६, २०८२

नुवाकोट । इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक लोकराज पाठकले आईतवारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।

पूर्व प्रहरी प्रमुख जयन्ती थापाले सरुवापछि खरानीटारको सुरक्षाको नेतृत्व अब निरीक्षक पाठकले सम्हाल्ने भएका हुन्। उनी यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत थिए ।

पदभार ग्रहण गर्दै निरीक्षक पाठकले यस कार्यालयको जिम्मेवारी रहेको तादी, दुप्चेश्वर पुरै वडा र पञ्चकन्या गा.पा. को १, २ र ३ नं. वडाको सुरक्षाको जिम्मेवारी सुरक्षित, अनुशासित र शान्त बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तह, समुदाय र नागरिकबीच जनसहयोग र समन्वयलाई प्राथमिकता दिँदै अपराध नियन्त्रण र कानून कार्यान्वयनमा जोड दिने बताए । आफ्ना सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देशको विद्यमान परिस्थितिमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निडर र निर्भिकताका साथ काम गर्न निर्देशन दिनु हुँदै मनोवल प्रहरीको आत्मा भएकोले यो आत्मालाई कमजोर हुन नदिन एउटा अभिभावकको रुपमा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

स्थानीय बासिन्दाले नयाँ प्रहरी प्रमुख पाठकसँग यहाँको सुरक्षात्मक वातावरण अझ सुदृढ र प्रभावकारी हुने आशा व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!