०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने निर्णय,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १७, २०८२

काठमाडौं । काउन्सिलले आइतबार जारी गरेको सूचनामार्फत हालको कानुनी व्यवस्थाअनुसार अनलाइन सूचीकरणको अधिकार काउन्सिलमा नरहेको जनाएको हो।

काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराका अनुसार २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै अनलाइन सूचीकरण प्रक्रिया सुरु गरिएको थियो।

त्यसपश्चात नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसको कार्यान्वयन प्रेस काउन्सिलमार्फत हुँदै आएको थियो।

तर हाल छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ कार्यान्वयनमा आएपछि उक्त नियमावलीले अनलाइन सञ्चार माध्यमको अभिलेख तथा सूचीकरण सम्बन्धी अधिकार प्रेस काउन्सिललाई नदिएको काउन्सिलले स्पष्ट पारेको छ।

यसअघि अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) अनुसार दर्ता भएका अनलाइनहरूको अभिलेख राख्ने, पत्रकार आचारसंहिता पालना अनुगमन गर्ने, र सूचीकरणका लागि तीन हजार रुपैयाँ शुल्क लिने व्यवस्था थियो।

तर हालै संसदबाट पारित नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ ले छापाखाना तथा प्रकाशन ऐन, २०४८ लाई संशोधन गर्दै नयाँ कानुनी ढाँचा ल्याएपछि प्रेस काउन्सिलले उक्त जिम्मेवारीबाट अलग भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!