२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीका पाँच अधिकारी प्रहरी नायब महानिरीक्षक डिआईजीमा पदोन्नति,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । संघीय सरकारको निर्णयअनुसार पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति गरिएको छ। नेपाल प्रहरी प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले सोमबार उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभयो।

पदोन्नति पाउनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।

सो अवसरमा आईजीपी खापुङले पदोन्नति प्राप्त अधिकारीहरूलाई बधाई दिँदै व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउन निर्देशन दिनुभयो। उहाँले प्रहरी नेतृत्वलाई प्रशासनिक मात्र नभई नैतिक, रणनीतिक र प्रेरणादायी भूमिकामा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो।

साथै उहाँले आगामी चुनौतीका सन्दर्भमा सूचना संकलन, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनमा ध्यान दिनुका साथै कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो। (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।