२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुदूरपश्चिम डिआईजी ओमबहादुर रानाद्वारा जिल्ला प्रहरी कार्यालय डोटीको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले जिल्ला प्रहरी कार्यालय, डोटीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा प्रदेश प्रहरी प्रमुखले डोटी जिल्ला स्थित कार्यालयमा उपलब्ध जनशक्ति तथा साधन स्रोतको उचित एवं प्रभावकारी व्यवस्थापन गरी पूर्ण व्यवसायिक निष्ठाका साथ समाजमा शान्ति स्थापना कायम गर्न अन्य सम्बद्ध निकायहरु सँग पनि समन्वयन गरेर उच्च अनुशासनमा रहि नागरिक मैत्री प्रहरी सेवा, अपराध अनुसन्धान तथा नियन्त्रण, गुण्डागर्दी नियन्त्रण र स्वच्छ एवं निष्पक्ष पिडित मैत्री सेवा जस्ता कार्य सम्पादन गरी जनमानसमा सदैव प्रहरी प्रतिको सकारात्मक धारणाको अभिबृद्धि गर्न समेत निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।