धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले जिल्ला प्रहरी कार्यालय, डोटीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय डोटी तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनु भयो ।
निर्देशनकै क्रममा प्रदेश प्रहरी प्रमुखले डोटी जिल्ला स्थित कार्यालयमा उपलब्ध जनशक्ति तथा साधन स्रोतको उचित एवं प्रभावकारी व्यवस्थापन गरी पूर्ण व्यवसायिक निष्ठाका साथ समाजमा शान्ति स्थापना कायम गर्न अन्य सम्बद्ध निकायहरु सँग पनि समन्वयन गरेर उच्च अनुशासनमा रहि नागरिक मैत्री प्रहरी सेवा, अपराध अनुसन्धान तथा नियन्त्रण, गुण्डागर्दी नियन्त्रण र स्वच्छ एवं निष्पक्ष पिडित मैत्री सेवा जस्ता कार्य सम्पादन गरी जनमानसमा सदैव प्रहरी प्रतिको सकारात्मक धारणाको अभिबृद्धि गर्न समेत निर्देशन दिएका छन् ।