१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कानुनको हात लामो हुन्छ भनेको हो रैछ चोरी मुद्दामा फरार एक अभियुक्तलाई ४७ वर्षपछि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । पक्राउ पर्ने स्याङ्जा गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार २०३५ साल वैशाख १५ गते स्याङ्जा साविक पेलाकोट गाउँ पञ्चायत–२ (हाल गल्याङ नगरपालिका–७ कल्लेरी) का दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो ।

पीडित राना मगरले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भई २०४५ साल मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले लालबहादुर रानालाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । फैसला सुनाएपछि फरार रहेका रानालाई ४७ वर्षपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको प्रहरीले

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!