१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

मुख्यमन्त्री आचार्यको जोड आफूकहाँ आएको बिरामी अर्को अस्पतालमा रिफर गर्नुपर्ने अवस्था हुनुहुँदैन,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, कार्तिक १९, २०८२

 

दाङ । राप्ती उपत्यका अस्पतालमा उपचार सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जोड दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन जारी गरेका छन् । आचार्यले भनेका छन्, -`प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।´

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिएका हुन् ।

आचार्यले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । -`जिल्ला अस्पतालमै उपचार गर्न सकिने रोगहरूमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ । सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ । यसमा स्वास्थ्य मन्त्री र सचिवले विशेष निगरानी बढाउनुपर्छ, आचार्यको सुझाव थियो ।´

स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरेका छौं । स्वास्थ्यका सूचकहरूमा सुधार देखिन थालेको छ´मुख्यमन्त्री आचार्यले भनेका छन् । -` पोषणमा सुधार आएको छ । मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियानहरू केन्द्रित छन् । समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्छ ।´

मुख्यमन्त्री आचार्यले रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित जनचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिए । आचार्यका अनुसार, सकेसम्म आयुर्वेद र प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्नेछ । उनको भनाइ थियो -`प्राकृतिक उपचारबाट रोगको स्थायी समाधान गर्न सकिन्छ । अब दीर्घकालीन रूपमा समाधानका उपायमा जोड दिन जरुरी छ ।´

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता र स्वास्थ्य मन्त्री खेमबहादुर सारुकाे बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख सचिव बावुराम अधिकारीले आधारभूत र विशेष स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुपर्ने बताएका छन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले, नतिजा केन्द्रित योजना निर्माण र दोस्रो आवधिक योजनाले प्राथमिकतामा राखेका क्षेत्रहरूको कार्यान्वयनमा जोड दिएका छन् ।

सोही उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले नसर्ने रोगको संक्रमण बढ्दै गएको बताउँदै यस्तो अवस्थालाई जटिल बन्न नदिन पहिचान र रोकथाममा केन्द्रित अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जनस्वास्थ्य प्रशासक उमेश गौतमले एकवर्षे कार्यक्रमहरूको प्रस्तुति दिँदै आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नसके धेरै नागरिकलाई स्वस्थ बनाउन सकिने बताए । उनका विचारमा, जीवनशैली र खानपानका कारण नसर्ने रोगहरू बढ्दै गएकाले जनस्वास्थ्य सेवामा विशेष ध्यान दिन आवश्यक छ ।

स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले सूचकहरूमा सुधार देखिन थालेको तथ्यांकसहितको प्रतिवेदन प्रस्तुत गरे ।

एकवर्षको उपलब्धि : ५० शैयाको अस्पतालदेखि आधुनिक प्रयोगशाला विस्तारसम्म

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ ।

समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शैयाको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ । त्यसका साथै नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मृगौला डायलाइसिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा साे सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएकाे छ ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत`परिवार स्वास्थ्य विवरण´ कार्यक्रम सुरु गरिएको छ, जसले महिलामात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ ।

प्रदेश लोकसेवा आयोगमार्फत पहिलोपटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ । साथै, आठ जिल्लाका १३ स्थानीय तहमा `राेभिङ्ग नर्स´ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु उपचारका लागि क्याथ ल्याब सेवा सुरु गरिएको छ भने गुल्मी अस्पतालमा`विद्युतीय स्वास्थ्य अभिलेख´प्रणाली लागू भएसँगै स्वास्थ्य सेवा प्रविधिमैत्री बन्दै गएको छ । प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा `सूचना भण्डार सर्भर´ जडान गरी आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ ।

नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशले स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, `लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१–२०८६´ स्वीकृत भई लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!