२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुदूरपश्चिम प्रदेश डिआईजी ओमबहादुर रानाद्वारा जिल्ला प्रहरी कार्यालय बझाङको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १९, २०८२

बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाज्यूले जिल्ला प्रहरी कार्यालय बझाङ्गको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी र्मचारीहरुलाई प्रहरी संगठनको सर्वोपरि हितलाई आत्मसात गर्दै निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नहुन भनि आवश्यक निर्देशन दिनुभयो ।

निर्देशनकै क्रममा प्रदेश प्रहरी प्रमुखज्यूले बझाङ् जिल्ला स्थित कार्यालयमा उपलब्ध जनशक्ति तथा साधन स्रोतको उचित एवं प्रभावकारी व्यवस्थापन गरी पूर्ण व्यवसायिक निष्ठाका साथ उच्च मनोबलले कार्य सम्पादन गरी जनमानसमा सदैव प्रहरी प्रतिको सकारात्मक धारणाको अभिबृद्धि गर्न निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]