बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाज्यूले जिल्ला प्रहरी कार्यालय बझाङ्गको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी र्मचारीहरुलाई प्रहरी संगठनको सर्वोपरि हितलाई आत्मसात गर्दै निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नहुन भनि आवश्यक निर्देशन दिनुभयो ।
निर्देशनकै क्रममा प्रदेश प्रहरी प्रमुखज्यूले बझाङ् जिल्ला स्थित कार्यालयमा उपलब्ध जनशक्ति तथा साधन स्रोतको उचित एवं प्रभावकारी व्यवस्थापन गरी पूर्ण व्यवसायिक निष्ठाका साथ उच्च मनोबलले कार्य सम्पादन गरी जनमानसमा सदैव प्रहरी प्रतिको सकारात्मक धारणाको अभिबृद्धि गर्न निर्देशन दिएका छन् ।