२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

महेश बस्नेतलाई तत्काल पक्राउ गर्न, पीडित बनेकी शोभा पाठकको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा पीडित बनेकी शोभा पाठकले प्रतिवादी एमाले नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेकी छिन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई अध्यक्ष केपी ओलीदेखि प्रहरी र न्यायिक निकायले समेत संरक्षण गरेको आरोप लगाइन्।

उनका अनुसार, बस्नेतले विगत ११ वर्षदेखि आफूलाई निरन्तर यौन शोषण र दुव्र्यवहार गर्दै आएकी छन् । पाठकले भनिन्, ‘मैले अपराधको उजुरी दिँदा पनि राजनीतिक पहुँचका कारण उल्टै मलाई पटक–पटक पक्राउ गरी पीडित नै बनाइयो ।’

पाठकले बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या र चोरीसम्बन्धी जाहेरी दर्ता गरेको बताउँदै भनिन्, ‘यदि गृह मन्त्रालयले अब पनि उनलाई पक्राउ गरेन भने म अन्तिम कदम चाल्न बाध्य हुनेछु ।’

उनले वर्तमान सरकारका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि आरोप लगाउँदै बस्नेतको योजनाअनुसार आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईविरुद्ध बोल्न बाध्य पारिएको बताइन् ।रातोपार्टीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]