काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा पीडित बनेकी शोभा पाठकले प्रतिवादी एमाले नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेकी छिन् ।
मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई अध्यक्ष केपी ओलीदेखि प्रहरी र न्यायिक निकायले समेत संरक्षण गरेको आरोप लगाइन्।
उनका अनुसार, बस्नेतले विगत ११ वर्षदेखि आफूलाई निरन्तर यौन शोषण र दुव्र्यवहार गर्दै आएकी छन् । पाठकले भनिन्, ‘मैले अपराधको उजुरी दिँदा पनि राजनीतिक पहुँचका कारण उल्टै मलाई पटक–पटक पक्राउ गरी पीडित नै बनाइयो ।’
पाठकले बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या र चोरीसम्बन्धी जाहेरी दर्ता गरेको बताउँदै भनिन्, ‘यदि गृह मन्त्रालयले अब पनि उनलाई पक्राउ गरेन भने म अन्तिम कदम चाल्न बाध्य हुनेछु ।’
उनले वर्तमान सरकारका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि आरोप लगाउँदै बस्नेतको योजनाअनुसार आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईविरुद्ध बोल्न बाध्य पारिएको बताइन् ।रातोपार्टीबाट