१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

एआईजी डॉ. मनोज केसी आईजीपीका प्रमुख दाबेदार कम बोली बढी काम गर्ने प्रहरी अधिकृत हुन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । नेपाल प्रहरीभित्र “कम बोलेर परिणाम दिनुपर्छ” भन्ने सोचका दृढ अधिकारीका रूपमा एआईजी डॉ. मनोज केसी चिनिन्छन्। अनुसन्धानमा निपुणता, निष्पक्षता र नतिजामुखी कार्यशैलीका कारण उनी संगठनभित्र विश्वसनीय र दृढ नेतृत्व का प्रतीक बनेका छन्।

भूटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्रीलाई जानकारी नदिई बालकृष्ण खाँणलाई पक्राउ गर्ने साहसिक निर्णयले उनले प्रहरी संगठनको इमानदार छवि पुनःस्थापना गरे। सो क्रममा तत्कालीन महानिरीक्षक वसन्तबहादुर कुँवरले लुकाइराखेको भनिएको फाइल अनुसन्धानको दायरामा ल्याउँदै उनले प्रहरी संगठनभित्रको मौन संस्कृतिलाई चुनौती दिएका थिए।

सीआईबी प्रमुखका रूपमा उनले सुन तस्करी प्रकरणमा राजनीतिक दबाबलाई नटेरी निष्पक्ष रूपमा अनुसन्धान अघि बढाए। साथै, माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेर उनले “कानून सबैका लागि समान हो” भन्ने सशक्त सन्देश दिएका थिए।

हाल महरा पुर्पक्षका लागि थुनामा छन्। एआईजी केसी धेरै बोल्दैनन् — तर निरन्तर अनुसन्धान, निडर निर्णय र प्रतिबद्धतामार्फत नतिजा दिने प्रहरी अधिकारीका रूपमा उनको परिचय बनेको छ।

उनी संगठनभित्र दृढतापूर्वक मान्ने गर्छन् “Chain of Command नै अनुशासनको मेरुदण्ड हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!