काठमाडौं । गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा प्रतिक्रिया जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका हुन् ।
उनले लेखेका छन् —’खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गएकारु तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन्, केही बच्चा टुहुरा बनेका छन्, केही पक्षाघात भएर पल्टिएका छन्। खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?’
सुदन गुरुङले यसअघि पनि गृहमन्त्री अर्यालको राजीनामाको माग गर्दै आएका थिए ।