१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एकजना थुनुवाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २१, २०८२

सुर्खेत । शुक्रबार बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा फेला परेका सुनारलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको थियो । सीसीटीभी फुटेज हेरिएकोमा कुनै असामान्य गतिविधि नदेखिएको प्रहरी नायब उपरीक्षक बुढथापाले बताए ।

सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!