२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

उपन्यासकार एवं पत्रकार सविन प्रियासनको नयाँ लुगाको पाण्डुलिपी १० दिनमै सार्वजनिक,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक २१, २०८२

दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा अधिकारीले सार्वजनिक गर्नु भएको हो । उपन्यास प्रकाशन गर्ने अन्तिम तयार भएपनि उहाँले यसलाई बजारमा मंसिर महिनामा मात्र ल्याउने बताउनुभयो । ‘उपन्यास अबको चारदिनभित्रमा बजारमा ल्याउन पनि सकिन्छ, तर म यसलाई मंरिमा ल्याउने योजना बनाएको छु’, उहाँले थप्नुभयो,–‘भित्रैबाट इच्छा शक्ति हुने हो भने लेख्न सुरु गरेको १५ दिनभित्रैमा बजारमा उपन्यास ल्याउन सकिदो रहेछ ।

कार्तिक २ गते कालो मन उपन्यास प्रकाशन गर्नु भएका प्रियासनले कालो मन उपन्यास लेख्न सुरु गरेको २५ दिनमा बजारमा ल्याउनु भएको थियो । कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौं भनेर साथीभाईहरुको सल्लाह ग्रहण गरेर नयाँ लुगा मंसिरमा ल्याउन लागि रहेको प्रियासनले जानकारी दिनुभयो ।

नयाँ लुगासँगै प्रियासनको १३ उपन्यास, एक कथा र एक सम्पादकीयको संग्रह बजारमा आउनेछ । यस वर्ष उहाँले कडी र कालो मन उपन्यास प्रकाशित गरिसक्नु भएको छ भने नयाँ लुगा अब ेकेही दिनमा प्रकाशित हुनेछ । यस वर्ष थप केही अन्य उपन्यास पनि प्रकाशन गर्ने योजना बनाएको बताउने प्रियासन हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत हुनुहुन्छ । सामाजिक अभियानहरुमा सक्रिय प्रियासनले उपन्यास लेखनमा गहिरो रुची राख्नु हुन्छ । राप्ती साहित्य परिषद्को पूर्व केन्द्रीय महासचिव समेत भैसक्नु भएका प्रियासन हाल साहित्य र पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।