दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ । उपन्यास लेख्न सुरु गरेका १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा अधिकारीले सार्वजनिक गर्नु भएको हो । उपन्यास प्रकाशन गर्ने अन्तिम तयार भएपनि उहाँले यसलाई बजारमा मंसिर महिनामा मात्र ल्याउने बताउनुभयो । ‘उपन्यास अबको चारदिनभित्रमा बजारमा ल्याउन पनि सकिन्छ, तर म यसलाई मंरिमा ल्याउने योजना बनाएको छु’, उहाँले थप्नुभयो,–‘भित्रैबाट इच्छा शक्ति हुने हो भने लेख्न सुरु गरेको १५ दिनभित्रैमा बजारमा उपन्यास ल्याउन सकिदो रहेछ ।
कार्तिक २ गते कालो मन उपन्यास प्रकाशन गर्नु भएका प्रियासनले कालो मन उपन्यास लेख्न सुरु गरेको २५ दिनमा बजारमा ल्याउनु भएको थियो । कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौं भनेर साथीभाईहरुको सल्लाह ग्रहण गरेर नयाँ लुगा मंसिरमा ल्याउन लागि रहेको प्रियासनले जानकारी दिनुभयो ।
नयाँ लुगासँगै प्रियासनको १३ उपन्यास, एक कथा र एक सम्पादकीयको संग्रह बजारमा आउनेछ । यस वर्ष उहाँले कडी र कालो मन उपन्यास प्रकाशित गरिसक्नु भएको छ भने नयाँ लुगा अब ेकेही दिनमा प्रकाशित हुनेछ । यस वर्ष थप केही अन्य उपन्यास पनि प्रकाशन गर्ने योजना बनाएको बताउने प्रियासन हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत हुनुहुन्छ । सामाजिक अभियानहरुमा सक्रिय प्रियासनले उपन्यास लेखनमा गहिरो रुची राख्नु हुन्छ । राप्ती साहित्य परिषद्को पूर्व केन्द्रीय महासचिव समेत भैसक्नु भएका प्रियासन हाल साहित्य र पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ ।