१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रुपन्देही प्रहरीको एक्सन भन्सार छलीको विभिन्न अबैध समानहरु करिब २२ लाख ८८ हजार २२८ रुपैयाँ बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक २३, २०८२

रुपन्देही । कार्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा यी सामानहरु फेला परेका हुन् ।

बरामद गरिएका सामानहरूमा ऊनी कपडा, बालबालिकाका लुगाफाटा, मोबाइलका डिस्प्ले, ल्यापटप, रक्सीका बोतल र गाईको मूर्ती लगायत छन् । यस सम्बन्धमा एक जनालाई पक्राउ गरिएको छ । बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका-२ मैनिहवाबाट सन्दीप टेक्सटाइल्स लेखिएको ऊनी लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी र जेन्स मोजा गरी करिब १ लाख २५ हजार ८०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका-३ शंखनगरबाट स्याङ्जा वालिङका ५० वर्षीय जोग प्रसाद न्यौपानेले चलाएको IND AA 2085 99083UP 14NT 7066 नम्बरको ERTIGA कारबाट बिलबिजक नभएका अवैध सामानसहित पक्राउ गरेको छ । कारको सिटमुनि लुकाइएको अवस्थामा लेनोभो कम्पनीको ल्यापटप, चार्जर, झोला, ५ थान पहेंलो धातुको गाईको मूर्ती, ५ बोतल रकफोर्ड र ४ बोतल ओल्ड मंक रक्सीका साथै विभिन्न कम्पनीका मोबाइल डिस्प्लेका प्याकेटहरु र Mecfanic Solder paste लेखिएको गमको प्याकेट गरी कारसहित १८ लाख ४० हजार २२८ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

यसका अतिरिक्त, प्रहरी चौकी शिवपुर गोनाहा र मर्यादपुर रुपन्देहीबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका-५ गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकलसहित ६० पिस ऊनी लेडिज सुट, १० पिस ऊनी सल, ४ रोल काँचो कपडा, १२ पिस लेडिज बाक्लो ऊनी सुट र ३६ मिटर काँचो कपडा गरी करिब ३ लाख २२ हजार २०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!