२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

रुपन्देही प्रहरीको एक्सन भन्सार छलीको विभिन्न अबैध समानहरु करिब २२ लाख ८८ हजार २२८ रुपैयाँ बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक २३, २०८२

रुपन्देही । कार्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा यी सामानहरु फेला परेका हुन् ।

बरामद गरिएका सामानहरूमा ऊनी कपडा, बालबालिकाका लुगाफाटा, मोबाइलका डिस्प्ले, ल्यापटप, रक्सीका बोतल र गाईको मूर्ती लगायत छन् । यस सम्बन्धमा एक जनालाई पक्राउ गरिएको छ । बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका-२ मैनिहवाबाट सन्दीप टेक्सटाइल्स लेखिएको ऊनी लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी र जेन्स मोजा गरी करिब १ लाख २५ हजार ८०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका-३ शंखनगरबाट स्याङ्जा वालिङका ५० वर्षीय जोग प्रसाद न्यौपानेले चलाएको IND AA 2085 99083UP 14NT 7066 नम्बरको ERTIGA कारबाट बिलबिजक नभएका अवैध सामानसहित पक्राउ गरेको छ । कारको सिटमुनि लुकाइएको अवस्थामा लेनोभो कम्पनीको ल्यापटप, चार्जर, झोला, ५ थान पहेंलो धातुको गाईको मूर्ती, ५ बोतल रकफोर्ड र ४ बोतल ओल्ड मंक रक्सीका साथै विभिन्न कम्पनीका मोबाइल डिस्प्लेका प्याकेटहरु र Mecfanic Solder paste लेखिएको गमको प्याकेट गरी कारसहित १८ लाख ४० हजार २२८ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

यसका अतिरिक्त, प्रहरी चौकी शिवपुर गोनाहा र मर्यादपुर रुपन्देहीबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका-५ गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकलसहित ६० पिस ऊनी लेडिज सुट, १० पिस ऊनी सल, ४ रोल काँचो कपडा, १२ पिस लेडिज बाक्लो ऊनी सुट र ३६ मिटर काँचो कपडा गरी करिब ३ लाख २२ हजार २०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!