१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाजको शान्ति सुरक्षा पहिलो प्राथमिकता नेपालगन्ज वडा प्रहरी प्रमुख इन्स्पेक्टर खड्का,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २५, २०८२

बाँके । मंगलबार वडा प्रहरी कार्यालय नेपालगन्जमा आयोजित सुझाव संकलन कार्यक्रमका क्रममा सुरक्षा प्रत्याभूतिमा जोड दिइएको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारहरूलाई सूचना प्रवाहमा सहजता प्रदान गर्नुका साथै कार्यालयको भावी योजना र प्राथमिकताका विषयमा जिज्ञासा राखेका थिए ।

 

उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषी चौलागाईँले कुनैपनि घटना हुँदा समयमै सूचना नपाउने समस्या रहेको भन्दै सत्यतथ्य सूचना प्रवाहमा सुरक्षा निकायबाट ढिलाई हुन नहुनेमा जोड दिए । सुरक्षा निकायसँग सूचनामा साझेदारी गर्न तत्पर रहेको भन्दै समन्वय आवश्यक रहेकोमा उनले जोड दिएका थिए । उनका अनुसार पत्रकारका नाममा कतै केही त्यस्तो धम्की दिने गरेको पाइएमा नेपाल पत्रकार महासंघमा जानकारी गराउनुपर्छ । ‘पत्रकार र प्रहरीबीच समन्वय हुनुपर्छ । आपसी समन्वयमा सत्यतथ्य सूचनामा प्रवाह अहिलेको आवश्यकता हो ।’ अध्यक्ष चौलागाईँले भने ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल घटेको आफूहरूले अनुभूती गरेको गरेको बताएका थिए । उनले भने, ‘प्रहरीप्रती जनताको अविश्वास घट्दो छ । त्यसमा सुरक्षा निकायले समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न आवश्यक छ । त्यसको पुलको रूपमा मिडिया जगत काम गर्न तयार छ ।’ उनले भने । सूचना प्रवाह र सम्बन्ध स्थापित गर्ने सवालमा सुरक्षा निकाय सञ्चारमैत्री हुनुपर्ने उनको जोड थियो ।

‘प्रहरीले पत्रकारलाई लाइन दिने भन्ने कुरा सुन्नमा आउँछ, त्यो गलत हो, सही पत्रकारले त्यस्तो गर्दैन, त्यस्तो कार्य गर्ने व्यक्ति पत्रकार हुन सक्दैन,’ अध्यक्ष गिरीले भने । पत्रकारहरूका प्रश्न र जिज्ञासापछि बोल्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले स्मार्ट प्रहरी अहिलेको आवश्यकता रहेको भन्दै सीमा सुरक्षा, लागूऔषधविरुद्ध सचेतना अभियान र गुण्डागर्दी अन्त्य प्राथमिकतामा रहेको बताएका थिए ।

केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँबाट वडा प्रहरी प्रमुखमा सरुवा भएर आएका खड्काले पत्रकारहरूले विभिन्न सुझाव दिएको भन्दै महत्वपूर्ण सुझावहरूलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वडा प्रहरी कार्यालय नेपालगन्जले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो वडा बाँके जिल्लाकै मुटु हो । यस क्षेत्र सम्वेदनशीलसमेत रहेको छ । सोही अनुसार योजनाबद्ध रूपमा हामी परिणाम निस्कने गरी काम गर्नेछौँ ।’

हिजोका कमीकमजोरी सच्याउँदै, त्यसबाट पाठ सिक्दै सरोकारवाला निकायहरूसँग हातमालो गर्दै अघि बढ्ने उनले बताए । सामाजिक विकृती अन्त्य र लागूऔषधसम्बन्धी समस्या न्यूनीकरण आफ्नो प्राथमिकता भएको उनको भनाइ छ । साइबर अपराधबारे सचेतना, विभिन्न विभिन्न नागरिकलाई सचेतना फैलाउने कार्यक्रम गर्नेछौँ । सचेतनामूलक कार्यक्रमलाई परिणाममुखी बनाउने उनको भनाइ रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!