दाङ । त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिले पश्चिम दाङको हापुरेबाट सिधा काठमाण्डौका लागि बस सेवा संचालनमा ल्याएको छ । प्रालिले सोमबार देखि मुख्य ब्यापारिक केन्द्र हापुरेबाट सिधा काठमाण्डौका लागि कस्तुरी एर बस सेवा संचालनमा ल्याएको हो ।
सोमबार प्रालिका अध्यक्ष सुरेश हमालले हापुरे पुगेर यात्रुहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।
सो अबसरमा अध्यक्ष हमालले यात्रुहरुको माग अनुसार आफुहरुले हापुरे काठमाडौं बस सेवा सुरु गरेको बताउनुभयो । पहिलो दिन प्रालिले पहिलो टिकट काटेका यात्रुलाई भाडामा ५० प्रतिसत छुट दिएको छ ।
प्रालिले हापुरे देखि काठमाण्डौका लागि एक हजार ९५० रुपैया भाडादर तय गरेको छ ।