१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

टर्कीको सैनिक मालवाहक विमान दुर्घटना विमानमा २० जना सवार सैनिकहरु बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २६, २०८२

टर्की । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् ।

टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ ।

टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ ।

जर्जियाको गृह मन्त्रालयले विमान अजरबैजान सीमासँग नजिकै रहेको सिघनाघी नगरपालिका क्षेत्रमा खसेको र घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुले उद्धृत गरेको जर्जियाली विमान प्राधिकरणको भनाइअनुसार, विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो । विमानबाट आपतकालीन सन्देश भने प्राप्त भएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!