०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

आइजीपी चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी विषयमा सामान्य कुराकानी भएको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जनाएको छ।

छोटो कार्यकालका क्रममा खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै संस्थागत प्रणालीलाई सुदृढ बनाउन अग्रसर रहे। इतिहासकै ठूलो ‘जेन जेड आन्दोलन’ समेत उनले सामना गर्नुपर्‍यो। यस क्रममा उनले प्रहरी संगठनको पक्षमा दृढ र व्यावसायिक रूपमा उभिए।

उनी आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

error: Content is protected !!