काठमाडौं । बिहीबारबाट लागु हुने गरी उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा उक्त कार्यालय तथा मातहतका कर्मचारीहरुद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद व्यक्त गर्दै काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुमा विषेश कार्य कुशलताका साथै बोलि व्यवहारमा विनम्रता तथा कानून कार्यान्वयनमा कठोरता हुनु पर्नेमा जोड दिनु भयो ।