२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको देउखुरी भालुवाङमा क्षति आपूरण तथा द्रुत सिकाई विषयक प्रशिक्षण सञ्चालन,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, कार्तिक २६, २०८२

दाङ । भालुवाङ दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका १ भालुवाङस्थित होटल पौवाको सभाहलमा बुधबारदेखि शिक्षा समुहका लागि सिकाई आपूरण तथा द्रुत सिकाई सम्बन्धि २ दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । युनिसेफ र नेपाल शिक्षा समुहको सहयोग तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम शुरु भएको हो ।

जस अन्तरगत कोभिड–१९ महामारी तथा अन्य विविध कारणले शिक्षण सिकाइमा भएको क्षतिको परिपूर्ति गर्न सामाजिक विकास मन्त्रालयले शिक्षा समूहलाई प्रशिक्षण दिन थालिएको आयोजकले बताएको छ । विभिन्न कारणले क्षति भएको शिक्षण सिकाइलाई परिपूर्ति गर्न प्रशिक्षण कार्यक्रमले सार्थकता पाउने बताइएको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सिकाइमा नवीनता र व्यवहारिकता जोड्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्ने सहभागीहरुले द्रुत सिकाइका नयाँ प्रविधि र सिकाइ आपूरणको प्रभावकारी रणनीति अपनाउँदा विद्यार्थीको शैक्षिक उपलब्धि उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

प्रशिक्षणको पहिलो दिन सहभागीहरुलाई तालिम पूर्व परिक्षा, सिकाई क्षतिको परिचय, विश्व परिवेश र नेपालको सन्दर्भमा सिकाई क्षतिको अवस्था, यथार्थ योजना, अवधारणा र परिचय, कार्यान्वयन प्रक्रिया, नीतिगत पक्ष र नेपालको अभ्यास, सहजीकरण विधि र प्रक्रिया, कार्यान्वयनका लागि क्षमता विकास, उपचारात्मक शिक्षण र द्रुत सिकाई लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।
सोही कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेल, सामाजिक विकास मन्त्रालयका प्राविधिक सहायक शिवलाल भण्डारी सहितका वक्ताहरुले विषयमा प्रशिक्षण दिएका थिए ।

लुम्बिनी प्रदेशका शिक्षा समूह अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा अधिकृत, शिक्षक, अपाङग, पत्रकार र गैर सरकारी महासंघका प्रमुख तथा प्रतिनिधि, रेडक्रस तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधि गरि झण्डै दुई दर्जन बढी जनाको कार्यक्रममा सहभागिता रहेको छ ।

बिहिवारसम्म चल्ने प्रशिक्षण कार्यक्रमको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश खरेल र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालकी ओमकला खनालले गरेका थिए । भने सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]