२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कोशी प्रदेश डीआईजी ईश्‍वर कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्‍वर कार्कीले जस्तोसुकै विषम् परिस्थितिमा पनि अग्रपङ्क्तिमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।

निर्देशनको क्रममा उनले सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारी, आदेश निर्देशनको अक्षरश: पालना गरी वर्तमान समयसापेक्ष प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पुर्‍याउन तथा ग्रामीण बस्तीहरुमा लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी समुदायसंग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

समाजमा घट्ने विभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि डीआईजी कार्कीले निर्देशन दिएका छन् । सीमित स्रोत साधनका बावजुद पनि ओखलढुंगामा शान्ति सुरक्षा प्रभावकारी बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पुर्‍याउँदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उनले धन्यवादसमेत दिए ।

निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]