०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

सशस्त्र प्रहरीले तस्करी रोक्न राजश्व बढाउन मुख्य सीमा नाकाहरुमा एसएसपीहरु खटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २७, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र तस्करी रोकेर राजश्व बढाउने उदेश्यसहित सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)हरूलाई मुख्य सीमा नाकाहरुमा खटाएको छ ।

सीमा नाकाहरुमा खटाईएका एसएसपीहरुले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफुले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गरी खटाइएको छ ।

निश्चित समयमा उनीहरुले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरुको ठाउँमा अरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई जिम्मेवारी तोकी खटाउनुकासाथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरुले समेत प्रत्यक्ष रुपमा सम्पर्क राख्ने व्यवस्थासहित उनीहरुलाई खटाइएको हो।
उनीहरुले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुकासाथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउने अधिकार छ । सीमासँग सम्बन्धित सूचनाहरुको अभिलेखीकरण तथा व्यवस्था समेत गर्नेछन् ।

लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुकासाथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने जिम्मेवारी एसएसपीहरुलाई दिइएको छ ।

यस्ता कार्यहरुले भन्सार नाकाबाट बैध तरिका अवलम्वन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालय लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास लिइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न एसएसपी दिगविजय सुवेदीलाई खटाइएको छ ।
मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न एसएसपी माधव प्रसाद पौडेल खटिएका छन्।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रविनराज कर्णजीत खटिएका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठलाई खटाइएको छ ।

सिधैं आइजिपीलाई रिपोर्टिङ गर्नेगरी उनीहरुलाई खटाइएको छ । यसप्रति बाहिनीका डिआइजीहरुले भने असन्तुष्टि जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!