१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

आफूलाई प्रहरीको सीआईबी र पत्रकार बताउँदै होटलमा ठगी गर्ने गिरोह २ जना काठमाडौंबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २८, २०८२

 

काठमाडौं । धनुषा, मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका १० गोठाटार बस्ने ४१ वर्षीय रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका ७ घर भइ काठमाडौं, कीर्तिपुर भत्केकोपाटी बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।

कात्तिक १६ गते कोटेश्वरमा तीन/चार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाएर बसिरहेका २ जनाको साथबाट आफूहरूलाई सीआईबी प्रहरी बताउँदै ५०- ५० हजार गरी १ लाख रूपैयाँ इसेवामा ट्रान्सफर गर्न लगाउनुको साथै ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान,नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद गरेको छ । उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ ।

बानेश्वर प्रहरी टोलीले पक्राउ परेका २ जनालाई बिहीबार ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!