०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

अष्ट्रेलिया लैजाने बहानामा ठगी गरेको आरोप लागेका एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं । प्यूठान गौमुखी गाउँपालिका-४ का २२ वर्षीय मेघराज सुनार रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुनारले एक व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए।

सुनारलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!