०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी कार्यक्रम दाङको देउखुरी भालुवाङमा सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, कार्तिक २८, २०८२

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ ।

विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता एवम् सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यशाला समापन कार्यक्रममा सहभागीहरुले विद्यालय सुरक्षित नभएसम्म गुणस्तरीय सिकाई सम्भव नहुने बताएका छन् । उनीहरुले विद्यालयहरुमा विपद्–पूर्व तयारी नगर्ने प्रवृत्तिले ठूलो जोखिम निम्त्याउने चेतावनी समेत दिएका छन् ।

सहभागीहरूले अधिकांश विद्यालयमा भूकम्पीय सुरक्षित संरचना, आकस्मिक बाहिरिने मार्ग, आगलागी नियन्त्रण सामग्री, प्राथमिक उपचार सामग्री तथा नियमित सुरक्षा अभिमुखीकरण जस्ता आधारभूत व्यवस्था नहुँदा विपद् आएमा ठूलो मानवीय क्षति हुनसक्ने धारणा राखेका थिए ।
उक्त अवसरमा लमही नगरपालिकाकी कार्यवाहक नगरप्रमुख लक्ष्मी योगी, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमिक्त महानिर्देशक नारायण प्रसाद पोख्रेल, शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरी, सहभागीको तर्फबाट सत्य मावि ददेरी प्युठानका प्रधानाध्यापक नारायण प्रसाद पौडेल लगायतका वक्ताहरुले आआफ्ना धारणा राखेका थिए ।

कार्यशालामा विद्यालय सुरक्षा गुरुयोजनाको स्वरूप, उद्देश्यमूलक जोखिम पहिचान, सम्भावित विपद्का प्रकार, न्यूनीकरणका उपाय तथा विद्यार्थी–केन्द्रित सुरक्षा गतिविधिको सूचीकृत योजना बनाउन आवश्यक विधि सिकाइ गरियो । प्रशिक्षणले विद्यालयस्तरमा विपद् जोखिम न्यूनीकरणलाई संस्थागत गर्दै व्यवहारमै उतार्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयहरूमा देखिएका सुरक्षा चुनौती, विपद्–पूर्व सुरक्षात्मक तयारीको अभाव, भौतिक संरचनाको कमजोरी तथा दीगो सुरक्षा योजनाको आवश्यकता बारे विस्तृत छलफल गरिएको थियो ।
कार्यशालामा लुम्बिनी प्रदेशका शिक्षा समुह अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका प्रमुख, शिक्षा अधिकृत, प्रधानाध्यापक, अपाङग, पत्रकार र गैरसरकारी महासंघका प्रमुख तथा प्रतिनिधि, रेडक्रस तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश खरेलले गरेका थिए कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!