०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

खुकुरी देखाएर प्रहरीको हतियार खोस्ने एक युवकलाई गोली प्रहार गरी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

 

सङ्खुवासभा । सदरमुकाम खाँदबारीमा आज खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा  पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

विश्वकर्मा जबर्जस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । छुटेपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।

परिस्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!