०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रहरीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न आईजीपी कार्कीको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कुनै पनि अपराधविरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।

उनले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

आईजीपी कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए ।

सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आआफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उनले निर्देशन दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!