२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित भवन उद्‍घाटन

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

माघ ९ रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै यस्ता कुरितिलाई त्याग्न सबैलाई आह्वान समेत गर्नुभयो । कानून सबैका लागि समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।

विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी बरीष्ठ उपरीक्षक नर बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा समुदाय-प्रहरी साझेदारी वडा स्तरिय समितिका संयोजक तथा रोल्पा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबराज आचार्य र संचारकर्मीको तर्फबाट काशिराम डाँगीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई. दिपक केसीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कूल ४ करोड २४ लाख ३३ हजार ६ सय ८१ रुपैयाँ ९२ पैसा लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!