०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

दाङको लमहीमा श्रीमानले रिसको झोकमा श्रीमतीलाई आगोले हाने पछी

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(बिदुर एमसी)
दाङ माघ ११ दाङमा आफ्नै श्रीमतीको मलद्वारमा श्रीमानले आगाेकाे अगुल्टो काेचिदिएका छन् । घरायसी विवादले लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षिय मेगबहादुर सार्कीले आफ्नै श्रीमती ५० वर्षिय साेदि खत्री सार्किकाे मलद्वारमा आगाेकाे अगुल्टो काेचिदिएकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
श्रीमतीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घाेराही रिफर गरिएको प्रहरी निरिक्षक थपलियाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थपलियाका अनुसार बेलुकी ५ बजे श्रीमानले श्रीमतीको हात बाधेर मलद्वारमा आगाेकाे अगुल्टो काेचिदिएका थिए ।
घटना पछि छाेरीले उपचारको लागि आमालाइ लमही अस्पतालमा ल्याएपछि बल्ल घटना बाहिरीएकाे थियोे । श्रीमान् मेगबहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]